मेरो बारेमा
युवाका साथी, आमाबुवाका सारथी परशुरामवासीको विश्वास, भरत जोशी माथी !
भरत बडायर जोशी, एक गतिशील र लक्ष्य उन्मुख व्यक्ति, नेपालको डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको मेयरको सम्मानित पदमा छन्। ३० वर्षको उमेरमा उनी युवा वैज्ञानिक मात्र होइन सामाजिक इन्जिनियर र कुशल उद्यमी पनि हुन् । उनले बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेज विश्वविद्यालयको तिब्बत पठार अनुसन्धानको प्रतिष्ठित संस्थानबाट वायुमण्डलीय भौतिकशास्त्र र वायुमण्डलीय वातावरणमा स्नातकोत्तर गरेका हुन्।
परशुराम धाम
स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागीरी मन्दिर सतीदेवीको पूर्ण अंग पतन पछि भगवान शिवले शशरिर आएर यही धाममा लामो कालखण्ड तपस्या गरेका हुन् । पछि ईश्वरीय अवतारका लागि यही पुण्य भूमीमा परशुराम अवतार भएको हो । महाकाली (श्यामा) नदीको किनारामा रहेको चुनढंगा मा बसेर भगवान शिव र बिभिन्न ऋषिहरुले तपस्या गरेको उल्लेख गरिएको पुराणमा सबै धाम को पुण्य परशुराम धामबाट पाउन सकिने उल्लेख समेत गरिएको छ ।